आमाले रुँदै भनिन्, छोराले मेरो मोबाइलमा उसका पासवर्ड पठायो, तर म निदाएछु देखिन बिहान त छोराको मृत्यु भैसकेको रहेछ (भिडियो)

Video

आमाले रुँदै भनिन्, छोराले मेरो मोबाइलमा उसका पासवर्ड पठायो, तर म निदाएछु देखिन बिहान त छोराको मृत्यु भैसकेको रहेछ (भिडियो)

जवान छोराको रहस्यमय निधनले आमा बिचलित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक निधनको खबरले आमा बिचलित भएकी हुन् ।

उनले छोराको निधन रहस्यमय भनेकी छन् । शव हेर्दा उनको शरिरमा देखिएका चिन्हले पनि त्यही पुष्टि गर्ने बताएकी छन् । छोरालाई गीतमा निकै रुची थियो, घरमा आमालाई पनि घरेलु काममा पनि निकै सघाउँथे,

ब्यवसायको निकै राम्रो सुझाव दिने त्यस्तो सुझवुझ भएको छोराको अचानक निधनले परिवारलाई नै निकै चिन्तित बनाएको छ । काठमाडौ सात दोवाटोमा बस्ने १७ वर्षका युवकको शव पोखराको फेवा तालमा फेला परेको हो ।

छोरालाई पक्कै केही डर थियो त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला ।

Leave a Reply

Your email address will not be published.