म संग एक रात सु’त्नुहोस तपाइको ‘गुन’ तिर्न अरु छैन”
आजको प्रस्तुति यो एउटा कथा नभएर काठमाडौँका धेरै ठाउँहरुका हकिकत कथा पनि हो।
हामी काठमाडौँमा रातीमा डुलेका छैनौ भने सायद ग्यान नै छैन होला। कतै बाध्यताले मान्छे रातारात बिग्री रहेका छन् त कतै रहरले बिग्री रहेका छन्।
आजको यो कथा बरिस्ठ पत्रकार यबं साहित्यकार कृष्ण आचार्यले लेख्नु भएको हो। उहाँले लेखेको कथा खर्हो मिडिया च्यानलमा बाचन गरिएको थियो । लिफ्ट को लागी हात हल्लियो। यति राती मागिएको लिफ्टलाई बेवास्ता गर्नु हुदैन भन्ने लग्यो। प्राय अफिसको काम सकेर म रातको १२ बजे घर जान्थे।
नयाँ बानेस्वर बाट किर्तिपुर सम्मको यात्रा हुन्थेयो। त्यस दिन पनि म बबर महल पुगेको थिए। जहाँ कुनै युवतीको हात हल्लियो र म आफ्नो मोटर साईकल रोक्न बाध्य भए। ‘प्लिज मलाइ लिफ्ट दिनुहोस न दाई ट्याक्सीनै पाइएन’ मधुर आवाजमा उसले भनि र उसको दाई शब्दले मलाई कता कता नरमाईलो लाग्यो। एक पटक उ तिर कर्के नजर लगाए।
साच्चै आ त्तिएकी जस्ती देखिन्थि उ। मैले उसको उमेर पनि अनुमान लगाए। सायद २० बर्षकी हुँदी हो। ‘म भन्दा ३(४ बर्ष सानी रहिछे त’ मनमनै सोचे अनि फेरी उसको ‘दाई’ शब्द कानमा गुञ्जियो। कहाँ सम्म जाने हो रु मैले प्रश्न तेर्साईहाले। फाइल तस्बिर
‘बल्खु’ उसले तत्काल उत्तर फर्काई। बाईकमा बस्न आग्रह गरे मैले उसले कत्ति ढिला गरिन। उ को हो , के गर्छे येति राती किन हिडिरहेकी होली भन्ने प्रस्न ले मनमा काउकुती लागी रहयो। सामान्य गेट अप, एउटा साईड ब्यागमा सजिएकी उ बारे अनुमान लगाउन गार्हो भयो।
कतै लु टेरा पो हो कि बाटोमा ग्या ङ्ग पो छकी भन्ने प्रस्न मनमा खेल्न छाडेन।
लजालु स्वभावको म केटीहरु संग कम नै बोल्ने गर्थे तसैले होला न उसंग बोल्ने आत्नै आयो मेरो। फेरी त्रिपुरेश्वर पुगे पछि उसले नै सोधी ‘ यति राती हजुर कता बाट आउनुभएको नि रु’
मेरो लागी रात उसको लागी दिन कता बाट आउदै हुनु हुन्छ भने भै हाल्यो नि। मनमा फेरी कुरा खेल्न थाल्यो। ‘म अफिसबाट आउदै’ त्यसलाई बेवास्ता गर्दै मैले उत्तर फर्काए। यति राती सम्म अफिस के काम गर्नु हुन्छ नि रु नपत्याए जसरी उसले सोधी