मेरो दाई को लागि भएनी Rip लेख्नुहोस

Video

मेरो दाई को लागि भएनी Rip लेख्नुहोस

साढे दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पाइलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन्। पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन्। त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जोश जाग्यो। अनि अमेरिका हानिइन्– पाइलट तालिम गर्न।

अमेरिकाको टक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो। गतको पुस ५ गते उनको फोनको घण्टी बज्यो। फोन घरबाट आएको थियो। खबर पाइन्– दाजु प्रवीणको रहस्यमय मृत्यु भएको। दाजुको निधन खबरले उनको होशहवास उड्यो। तत्काल नेपाल आउने निधो गरिन्। रातारात टिकट मिलाइन्। मृत्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्।

दुर्गाले बिएल नेपाली सेवासँग भनिन्, ‘दाइ नरहेको खबर सुन्दा मेरो होश उड्यो। म कसरी नेपाल पुगेँ, पत्तै पाइनँ।’ नेपाल आएर उनले दाजुको ह.त्याको अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय, उर्लाबारीमा बाबुको नामबाट शंकास्पद व्यक्तिको नाममा किटानी जाहेरी दर्ता गराइन्।

दाजुको मृत्युले स्तब्ध दुर्गालाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले आश्वासन दिए– अनुसन्धान चुस्त हुन्छ, ह.त्या हो कि भवितव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ। प्रहरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्।

Leave a Reply

Your email address will not be published.