MCC पास भएपछि नेपालमा बढ्यो अमेरिकी गतिविधीः काठमाडौंमा अमेरिकी सेनाको तालिम अर्को टोली मुस्ताङमा

Video

MCC पास भएपछि नेपालमा बढ्यो अमेरिकी गतिविधीः काठमाडौंमा अमेरिकी सेनाको तालिम अर्को टोली मुस्ताङमा

MCC पास भएपछि नेपालमा बढ्यो अमेरिकी गतिविधीः काठमाडौंमा अमेरिकी सेनाको तालिम अर्को टोली मुस्ताङमा
MCC पास भएपछि नेपालमा बढ्यो अमेरिकी गतिविधीः काठमाडौंमा अमेरिकी सेनाको तालिम अर्को टोली मुस्ताङमा

नेपालमा अमेरिकाको उपस्थिती र गतिविधी बढेको भान हुन थालेको विश्लेषकहरु बताउन थालेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि अमेरिकाले नेपालमा खुल्लमखुल्ला सेनाको जहाज ओराल्ने, नेपाली सेनासँग तालिम गराउने देखि अमेरिकी टोली मुस्ताङ घुम्नेसम्मका कुरालाई गम्भीरता साथ नलिए नेपालले ठूलो मूल्य चुकाउनेपर्ने विश्लेषकहरुको दाबी छ ।

अमेरिकी दूतावासको चार सदस्यीय टोली किन पुग्यो मुस्ताङ ? नेपालस्थित अमेरिकी दूतावासको चार सदस्यीय टोली हिमाली जिल्ला मुस्ताङ आइपुगेका छन्। ‘इङलिस एसिस माइक्रो स्कोलरशिप प्रोगाम’का लागि अमेरिकन टोली दुई जना र नेपाली टोली दुई जना पोखराबाट जहाज चढेर मुस्ताङ आइपुगेका हुन्।

अमेरिकी दूतावासका रिजनल इङलिस ल्याङवेजका अफिसर नबिला मासौनीसहित अर्को एकजना दूतावासका अधिकारी, दूतावासका नेपाली कर्मचारी विश्वराज गौतम र त्रिभुवन विश्वविद्यालयका कार्यक्रम व्यवस्थापन मुकुन्द पाण्डे उक्त प्रोग्राम लिएर मुस्ताङ आएको स्रोतले जनाएको छ। उनीहरुले जोमसोमको होटल ओम्स होम्समा बसेका छन्।

मुस्ताङका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अंग्रेजी भाषा बोल्ने र लेख्ने क्षमता विकास गर्ने उद्देश्यले इङलिस एसिस माईक्रो स्कोलरशिप प्रोग्राम लिएर मुस्ताङ आएको बताइएको छ। उनीहरुले मंगलबार शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङमा यस सम्बन्धी कार्यक्रम गरेका छन्।

मुस्ताङमा अमेरिकन संस्थाबाट यहाँका विद्यालय, गुम्बा र कला संस्कृतिलगायतमा लगानी गरिएको पाइन्छ। यस्तै यता अमेरिकी सेना काठमाडौँमा आएको छ। नेपाली सेनासँग संयुक्त मेडिकल तालिम गर्न अमेरिकी सेना आएको हो।

अमेरिकी सेना र नेपाली सेनाको बीचमा संयुक्त मेडिकल तालिम काठमाडौँमा सुरु भएको छ । आकस्मिक अवस्थामा कस्ता मेडिकल सामग्री चाहिन्छ र कसरी तयारी अवस्थामा बस्ने भन्नेबारे सो तालिममा अनुभव आदान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेन्जरमा संचालन हुने तालिममा विभिन्न अपरेशन र प्राकृतिक विपद्को बेला स्वास्थ्य उपचारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे अमेरिकी सैनिकसँग अनुभव आदानप्रदान हुनेछ ।

सो तालिममा १८ जना अमरिकी सैनिक र ४२ जना नेपाली सैनिक प्रशिक्षार्थीहरु सहभागी छन् । चैत ११ सम्म चल्ने सो मेडिकल तालिम बिहिबार नेपाली सेनाका क्लिनिकल रजिष्टार प्राविधिक सहायकरथी डा। राजिव राज शाहीले शुभारम्भ गरेका हुन्

Leave a Reply

Your email address will not be published.