लोग्नेले चाहिने भन्दा बढी माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स…

Video

लोग्नेले चाहिने भन्दा बढी माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स…

पति पत्नीबीच झैझगडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो ।

तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले लोग्नेले बढि माया गर्दा पनि डिभोर्स माग्दा रहेछन् ।पत्यारै नलाग्ने यो घटना युएइको हो । ती महिलाले आफ्नो लोग्नेसँग डिभोर्स माग्दा यस्तो कारण उल्लेख गरेकी छिन् कि त्यो सुन्दैमा अनौठो लाग्दछ । लोग्नेले आफुलाई आवश्यकता भन्दा धेरै माया गरेको उनको आरोप छ ।

एक वर्षअघि विवाह गरेकी ती महिलाले हालै अदालतमा डिभोर्सका लागि निवेदन दिइन् । लोग्नेले आफुलाई चाहिने भन्दा धेरै प्रेम गरेको र आफुलाई बढि प्रेम मन नपर्ने उनको तर्क छ ।

अदालतमा भएको बहसका क्रममा उनले इजलासमा भनेकी छिन्, ‘मेरो पति न त म सँग झगडा गर्छन्, न त मलाई कहिल्यै चिन्तित हुन दिन्छन् । लोग्नेले आफुलाई अत्यन्तै धेरै माया गर्दा म वाक्क भएँ र प्रेमकै कारण मेरो जिवन नर्क बन्यो । त्यसैले मैले डिभोर्स गर्ने निर्णय गरेकी हुँ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.