यिनै हुन् १४ वर्षीया छात्रालाई यौ ’न दु’र्व्यवहार गर्ने ‘शिक्षा विकास मावि’ लेटाङका शिक्षक मनोज पौडेल
सोमबार दिउँसो लेटाङको शिक्षा विकास मावि पुग्दा चकमन्न देखिन्थ्यो । विद्यालय छेवैका घरका ढोका बन्द थिए । अधिकांश घरका मानिस भित्रै थिए । उनीहरु बाहिर निस्कन ड’राएका थिए । लेटाङ चोकको दृश्य पनि त्यस्तै थियो । पसल बन्द थिए ।
मानिसहरु सडकमा देखिएनन् । सञ्चारकर्मीहरु पुगेपछि विद्यालय पश्चिमपट्टिको घरका दुईजना स्थानीय पिंढीमा निस्किए । उनीहरु त्रसित मुद्रामा थिए । ‘अब के होला ?’ भन्ने असमञ्जस देखिन्थ्यो । अघिल्लो दिनको घटना सम्झदा उनीहरुको आ’ङ जि’रिङ्ग भएको महसुस गर्न सकिन्थ्यो ।
घटनाबारे बताउन ड’राएका थिए । एक जना महिला प्रहरीको मृ’त्यु हुने गरी आइतबार भएको घटनापछि प्रशासनले लेटाङ क्षेत्रमा क र्फ्यू जारी गरेको छ । सुनसान सडकमा प्रहरीको ग’स्तीबाहेक अन्य गतिविधि शुन्यप्राय छ । पसल, बजार र यातायात बन्द छन् ।
लेटाङ चोकबाट दुई किलोमिटर उत्तरपूर्वमा अवस्थित शिक्षा विकास मावि परिसर छिर्दै गर्दा गेट नजिकै ठूला पानीका ट्यांकी भुइँमा अ’सरल्ल देखिन्थे । विद्यालयको गेटमास्तिर टांगिएको कु’च्चिएर क’च्याक कु’चुक्क भएका छन् ।अघिल्लो दिन बोर्ड प्रदर्शनकारीले इँ’टाढुंगाले हा’नेका थिए । चौरको केही दक्षिणमा एउटा स्कुटर ज’लेर ख’रानी भएको छ ।