MCC बिरुद्ध एकसाथ ज्ञानेन्द्र शाही, रेखा थापा र राजेन्द्र मैदानमा उत्रिदै (सक्दो सेयर गर्नुहोस)

Video

MCC बिरुद्ध एकसाथ ज्ञानेन्द्र शाही, रेखा थापा र राजेन्द्र मैदानमा उत्रिदै (सक्दो सेयर गर्नुहोस)

राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा बृहत् आमसभा हुने भएको छ । बराहक्षेत्र ६ स्थित चक्रघट्टी बसपार्कमा हुन लागेको आमसभाका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य रेखा थापा र पुर्वमन्त्री रामकुमार सुब्बा लगायतका वक्ताहरुले उपस्थित हुने भएका छन् ।

चैत्र ७ गते हुने कार्यक्रममा वक्ताहरुले एमसीसी सम्झौता विरोध गर्ने राप्रपा बराहक्षेत्र नगरअध्यक्ष अर्जुन भट्टराईले बताए । उनकाअनुसार उक्त भेला नगर कार्यसमितिको समन्वयमा हुने छ । साथै, पार्टी प्रवेश कार्यक्रम समेत रहेको अध्यक्ष भट्टराईले बताएका छन् । थप समाचार पढ्नुहोस । काठमाडौं । एआईजी बढुवा काण्डले बबाल हुने संकेत देखिएको छ ।

प्रहरी प्रशासनमा राजनीति छिरेकै कारण अहिले प्रहरी बदनाम हुन पुगेको छ । देउवा सरकारले फेरि एकपटक प्रहरी हेडक्वार्टरमाथि हस्तक्षेप गरेको छ । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ ।

गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published.