मर्निङ वाकको बहानामा यौ’न लीला मञ्चाउने नेपाली युवायुवती पक्राउ !
काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्।
‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे। एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौ’न जोडी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई।
हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौ’नप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन। सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।
न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौ’न तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन्उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘से’क्स’रसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी।
यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भलाद्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको तातो लागेपछि मात्रै छापा मा’र्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। ‘कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त,’ एकजना बोले।
अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।’ यो संवादले उनीहरूले यौ’नप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, ‘अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए।
त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई।
‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,’ एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।’ आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौ’न प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्। यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौ’नप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो।
अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौ’न भावना जागृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।’ यौ’नकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ।