अत्यन्त दुखद खबर
लेटाङ्गको वडा न.५ स्थित विद्यालय क्षेत्रमा शिक्षक मनोज प्रसाद पौडेलद्वारा सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा बलात्कृत भएको घटना पछि न्यायको मागमा उत्रीएका स्थानिय र प्रहरी बिच आज भएको दोहोरो भिडन्तमा परि एक महिला प्रहरिको मृ,त्यु भएको छ।
मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. का सामाजिक विषय पढाउने मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई ज,बरजस्ती क,रणी गरेको घटना बाहिर आएको छ। उक्त घटना बाहिरिएसँगै चैत ६ गते आइतबार विद्यालय परिसर तनावग्रस्त बन्यो। अभिभावक तथा छिमेकी र विद्यालयबाट गएका विद्यार्थीहरूसमेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए । दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका छन् ।
उक्त घटनामा झडप हुँदा थुप्रै सर्वसाधारण र प्रहरी घाइते भएका छन् भने एकजना महिला सुरक्षाकर्मीको ज्यान समेत गएको छ। घटना अझैसम्म साम्य भएको छैन।दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार राति अबेरसम्म पनि स्थानीयले नाराबाजी गरिरहेका छन् ।मृतक निर्दोष प्रहरीको आत्माले शान्ति पाओस् र ब,लात्का,रीले कठोर सजाय पाओस! 😢🙏
समाचार स्रोत: नरेश दहाल