केपि ओलीले अबको चुनावमा ज्ञानेन्द्र शाहसँग मिलेर देश कब्जा गर्ने भित्री योजना.

Video

आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राजावादी दलसँग गठबन्धन गर्ने एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दाबी गरेका छन् ।केपी ओलीले आगामी चुनावमा राप्रपा र राजावादीसँग मिलेर लड्ने उनको जिकिर थियो । मन्त्री खतिवडाले ठोकुवा गर्दै भने, ‘राजावादीसँग मिलेर चुनाव लडेनन् भने दुइ कान त भन्दिनँ सुन्नुपर्छ, एउटा कान चाहिँ काटेर फालिदिन्छु ।’

मंगलबार गोरखा अस्पतालको भवन उद्घाटनपछि पत्रकारसँगको कुराकानीमा खतिवडाले यस्तो बताएका हुन् । ओलीले पाँच दलीय गठबन्धनको विरोध गर्दै राप्रपा र नागर्जुनसँग खुसुखुसु गरेको उनको आरोप थियो । ‘केपी ओलीले राप्रपा र राजवादीसँग गठबन्धन गर्दैछन्, त्यो छोप्न यता कम्युनिस्ट भएर माधव नेपाल र प्रचण्डले शेरबहादुर र काग्रेससँग गठबन्धन गर्‍यो भन्दै छन्,’ उनले भने,‘चिल आयो चिल आयो भनेर स्यालले कुखुरा लगेजस्तो गर्ने, यता आफू लुसुक्क नागर्जुन र राप्रपासँग खुसुखुसु गर्ने । उता गठबन्धनको विरोध गर्ने ।

यस्तै मन्त्री खतिवडाले केपी ओलीको प्रतिगमन विरुद्ध रहेका दलहरुबीच आवश्यकताले गठबन्धन बनेको बताएका छन् । ‘आवश्यकता सिद्धिएपछि गठबन्धन पनि सिद्धिन्छ,’ उनले भने, ‘गठबन्धनका सबै दलले आ–आफ्नो सिद्धान्त, औचित्य, बिचार, ब्यानर, घोषणापत्र लिएर निर्वाचन आयोगमा दर्ता भएका छन्, निर्वाचन र सरकार निर्माण जस्तो प्रयोजनका लागि जित हारको कारणले गठबन्धनको आवश्यकता परेको हो ।

यस्तो गठबन्धन विश्वभर नै हुने भन्दै उनले ओलीले पनि गठबन्धन नै गरेर २०७४ को निर्वाचत जितेको सन्दर्भ जोडेका थिए । ‘२०७४ मा केपी ओलीले एमाले, माओवादी, हृदयश त्रिपाठी, जनमोर्चा राप्रपाका लिङदेनसँग मिलेर जितेको उनले बताए ।त्यसमा नपुगेर सरकार बनाउँदा उपेन्द्र यादवलाई पनि थपे, सुशील कोइराला, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, शेरबहादुर देउवा सबैको

गठबन्धनको सरकार हो, अहिले तस्बिर यस्तो सिर्जना गर्न खोजिएको छ कि, केपी ओली आफू मात्र महामहिम, एक्लै एक्लै रथ हाकेर हिँडेजस्तो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.