यौ, न धन्दा भएको भन्दै चार होटलमा छापा,९ युवती पक्राउ

Video

यौन धन्दा भएको भन्दै चार होटलमा छापा,९ युवती पक्राउ

होटेलहरुमा यौन धन्दा भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले चार वटा होटेलमा छापा मारेको छ ।सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी बजारमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको हो । ती होटलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने चार होटल व्यवसायीसहित ९ युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।उनका अनुसार धनगढी उपमहानगरपालिका १ एलएन चोकस्थित शाही होटल प्यालेस, वडा नम्बर ३ ट्राफिक चोकस्थित सनराइज होटल र बुढिनन्दा बाजुरा होटल र वडा नम्बर १२ क्याम्पस चोकस्थित प्रिन्स होटलमा प्रहरीले छापा मारेको हो। उनीहरु सबैलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए। पछिल्लो समय धनगढीसँगै अत्तरिया बजारमा यौन व्यवसाय बढेको स्थानीयको गुनासो छ।

फेसबुकमा पछ्याउनुहोस्

यस्तै ,दक्षिण कोरियामा कहाँ–कहाँ छ शारीरिक सम्पर्कको अड्डा ? दक्षिण कोरियामा शारीरिक सम्पर्कको व्यापार गैरकानूनी छ, तर कोरिया महिला विकास संस्थानका अनुसार, कोरियामा यो व्यापार सन् २००७ मा नै १४ ट्रिलियन दक्षिण कोरियाली वन (१३ बिलियन अमेरिकी डलर) को अनुमानगरिएको थियो, जुन देशको कुल गार्हस्थ उत्पादनको लगभग १.६ प्रतिशत हो।

कोरिया युनिभर्सिटी कलेज अफ मेडिसिनको युरोलोजी विभागले सन् २०१५ मा गरेको सर्वेक्षण अनुसार १८–६९ वर्षका २३.१ प्रतिशत पुरुष र २.६ प्रतिशत महिलाले शारीरिक सम्पर्कको व्यापार गर्नेहरुसँग शारीरिक सम्पर्कको अनुभव गरेका थिए। व्यापारमा सन् २००७ मा करिब ९४ मिलियन लेनदेन भएको थियो, जुन २००२ मा १७ करोड भन्दा कम थियो।

सोही अवधिमा पेसामा लाग्ने संख्या १८ प्रतिशतले घटेर २,६९,००० पुगेको थियो। शारीरिक सम्पर्कको अड्डाका लागि व्यापार गरिएको पैसाको मात्रा १४ ट्रिलियन वोन भन्दा बढी थियो । कानुनी प्रतिबन्ध र पुलिसको कडिकडाउका बावजुद, दक्षिण कोरियामा यो व्यवसाय फस्टाइ नै रहेको छ ।

यहाँ स्वदेशी भन्दापनि विदेशी पेसाकर्मीहरु ज्यादा रहेको अनुमान गरिन्छ । सन् १९६० मा अमेरिकी सेनाहरुको प्रवेशपछि यो व्यवसाय मौलाएको देखिन्छ । यहाँ चाईना, थाई, युक्रेन, रसिया, दक्षिण पूर्वी एसिया, ताइवान र जापानका पेसाकर्मीहरु धेरै रहेको सरकारी आँकलन छ ।महानगर, नगरदेखि स्थानीय गाउँमा समेत यो पेसा फैलिएको छ । महानगरका गगनचुम्बी महलहरुमा अपार्टमेण्ट नै भाडामा लिएर खुलेर यो व्यापार गरिरहेको विभिन्न प्रहरी छापाबाट पुष्टी हुन्छ ।

Leave a Reply

Your email address will not be published.