यो अ’ङ्ग महिलाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ, तर मेरो भने धेरै सानो छ र अरूका अगाडि मलाई असजिलो महसुस हुन्छ ।
मलाई बेला बेलामा धेरै गार्हो हुन्छ गर्न मन लगेर !
म स्रोह वर्षीया युवती हुँ ।
यदि स्तनलाई प्राकृतिक रूपमा बढाउने कुनै उपाय छ भने कृपया बताइदिनु होला ।
सुझाव स्तन एक विशेष किसिमको ग्रन्थि हो जसले सन्तान उत्पादनपछि पोषणका लागि दूध बनाउँछ ।
बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छ, तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ ।
स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत दुई तीन वर्ष ढिलो चाँडो हुन सक्छ । तपाईंले भन्नुभएको १६ वर्षभन्दा केही पछिसम्म पनि जान सक्छ ।
स्तन ठूलो बनाउने उपाय
मुख्यतया स्तनको आकारको निर्धारण आन्तरिक रस ‘हार्मोन’ हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ । तपाईंको तौल के कस्तो छ नलेखिएकाले यसै भन्न सकिएन ।
अर्को कुरा, तपाईंकी दिदी हुनुहुन्छ भने उहाँको स्तन कत्रो छ ध्यान पुर्याउनुहोला । कतिपय दिदी बहिनीमा समानता रहेको पाइन्छ ।
तपाईंले भन्नुभएजस्तो प्राकृतिक उपायको कुरा अलि गार्है छ । विभिन्न किसिमको खाने तथा लगाउने हार्मोनयुक्त औषधी वा पम्प बजारमा उपलब्ध भए पनि त्यसको प्रभावकारिता वा विश्वसनीयता विवादग्रस्त नै छ ।