गाई गोठमा गाइँसगँ टिकटक बनाएर भाइरल भएकी गाईवाली(भिडियो हेर्नुस)

जीबन शैली

पछिल्लो समय सामाजिक संजाल टिकटमा निकै भाइरल छिन गाइवाली । तनहुँ जिल्लाको ब्यास नगरपालिका ८ बस्ने २२ वर्षय रोजिना मिश्र गाई सँग टिकटक बनाएर पछिल्लो समय निकै भाइरल भएकी छिन ।

सानै देखी जनावरहरु धेरै मन पर्ने र धेरै माया लाग्ने गरेकोले आफू प्राय सधैं जीव जनावरसगैं रहने गरेकोले अहिले टिकटक पनि गाई वस्तु सगैं बनाउने गरेको रोजिनाको भनाइ छ । आफुले थाहा पाउँदा देखि नै गाई बस्तु घरमा भएकोले तिनै सगँ नजिक भएको उनको भनाई छ ।

आफुलाई मानिस भन्दा पनि जीव जनावरको धेरै माया लाग्ने गरेको रोजिनाले बताएकी छिन् । गाईको बच्चासगँ आफू सानै देखि सँग खेल्ने गरेको उनले बताईन । आफू अहिले पनि आफ्नो गोठमा भएका गाईहरुसगैं रहने गरेकोले आफुले बोलेको सबै कुरा गाईले बुझ्ने गरेको रोजिनाको भनाइ छ ।

हिन्दु धर्मको धार्मिक मान्यता अनुसार पनि गाईको निकै महत्त्व रहेकोले आफुलाई गाई मन पर्ने उनी बताउँछिन । जुनसुकै प्राणीलाई पनि माया ममता दियो भने मानिस जस्तै बुझ्ने हुने रोजिना बताउँछिन ।

भाषा उनिहरुको हामिले नबुझेनी उनिहरुको व्यावहार बाट बुझ्न सकिने उनको भनाई छ । आफू अरु प्राणी भन्दा गाईलाई विषेश मान्ने गरेको रोजिनाको भनाइ छ । रोजिनाले आफ्नो गाईको नाम पनि राखेकी छिन ।

उक्त नामले बोलाउदा गाईले बुझ्ने गरेको उनको भनाई छ । आफुले भनेको सबै मान्ने गरेकोले बिहान ११ बजे चरनमा निस्केर ३ बजे आउने गरेको उनको भनाई छ । आफुले गाईलाई सधै पुजा गर्ने गरेको रोजिनाको भनाइ छ ।

गाई नपुजी आफुले केहि नखाने र पहिलो गाँस नै गाईलाई खुवाउने गरेको रोजिनाले बताएकी छिन । गाईलाई खाना दियो भने मन शान्ति हुने, आफ्नो दुख कष्ट सबै हटेर जाने उनको भनाइ छ । जनावरलाई मान्छेलाई भन्दा धेरै प्रेम गर्ने गरेको रोजिनाले बताएकी छिन ।

घरपरिवार र आफू कसैले पनि मासु नखाने उनले बताईन । आफ्नै शरिरमा मासु हुदाँ हुँदै अरुको मासु खानु मानवता नभएको जस्तो लाग्ने उनले बताईन । अहिले आफुले एकचोटि हेरिसकेपछी जुनसुकै जनावर पनि आफू सँग आउने,

आफ्नो पछि लाग्ने गरेको उनको भनाई छ । आफुले बाघको बच्चा पाले पनि मान्छे जस्तै बनाउन सक्छु जस्तो लाग्ने रोजिनाको भनाइ छ (भिडियो हेर्नूस) बाहिरियो भाइरल गाईवाली…

नेपालभाईरल न्यूज मोटिभेट न्यूज डटकम सकारात्मक पत्रकारिताको प्राय हो । नेपालमा सकारात्मक पत्रकारिताको अभ्यास गर्ने

Leave a Reply

Your email address will not be published.